समखबर संवाददाता


0 प्रतिक्रिया

1.4K

‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार बुढाथोकीलाई

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.8K

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको उत्कृष्ट ‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गरेको छ ।

अन्तर्राष्ट्रिय कम्पनी कोकाकोलाले नेपालमा गरेको कर छली विषयलाई पत्रकारितामार्फत सूचना सम्पे्रषण गरी राज्यलाई सात अर्ब राजस्व असुल गर्न सहयोगी भूमिका निर्वाह गरेको भन्दै पत्रकार बुढाथोकीलाई सम्मानित गरिएको हो ।

काठमाडौँमा शनिवार आयोजित इन्जाको पाँचौँ वार्षिकोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एक लाख राशी र सम्मानपत्रद्वारा पत्रकार बुढाथोकीलाई सम्मान गरेका हुन् ।

यसैगरी मन्त्री कार्कीले ‘इन्जा ग्रामीण पत्रकारिता’ पुरस्कार पत्रकारद्वय दीपा कर्ण र सरोज ढुङ्गानालाई, ‘इन्जा बौद्धिक पत्रकारिता’ पुरस्कार उपप्राध्यापक देवराज अर्याल र वरिष्ठ पत्रकार कपिल काफ्लेलाई जनही ५० हजार नगद र कदरपत्र प्रदान गरी सम्मान गरे । मन्त्री कार्कीले शनिवारनै वरिष्ठ पत्रकारद्वय हरि लम्साल र गोपालचन्द्र शर्मा तथा सञ्चारिका समूहकी निवर्तमान अध्यक्ष नीतु पण्डितलाई पनि कदरपत्रद्वारा सम्मान गरे ।

टक्सार मासिकका प्रधानसम्पादक बुढाथोकीलगायतका पत्रकारहरूलाई सम्मान गर्दै मन्त्री कार्कीले इन्जाले गाह्रो, साह्रो र अप्ठयारोमा परेका पत्रकारलाई सम्मान गर्ने परम्पराको सुरूआत गरेकामा खुसी व्यक्त गरे ।

इन्जा संसारभर छरिएर रहेका नेपालीभाषी पत्रकारहरूले स्थापना गरेको संस्था हो । इन्जाको प्रधान कार्यालय अमेरिकामा छ । इन्जा अमेरिकाका अध्यक्ष गुणराज लुइँटेलले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै विभिन्न अप्ठेरोमा परेका नेपाली पत्रकारलाई सम्मान गर्न पाएकामा खुसी व्यक्त गरे ।

नेपाल पत्रकार महासंघका सभापति विपुल पोखरेलले अप्ठयारोमा परेका पत्रकारहरूलाई सहयोग गर्न नेपाल पत्रकार महासंघ इन्जासँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

समारोहमा नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा), एसियाका अध्यक्ष टंक पन्त, केन्द्रीय सचिव दीपक रिजाल, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंहलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

1.8K

"Inja Investigative Journalism" Award to Budhathoki

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *