समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

करेन्ट लागेर दाङमा श्रीमान्-श्रीमतीको मृत्यु

४ वर्ष अगाडि
दाङ
समखबर संवाददाता

1.4K

दाङ जिल्लाको राप्ती गाउँपालिकामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा श्रीमान् श्रीमती रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार दिउँसो राप्ती गाउँपालिका वडा नम्बर २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीय श्रीमती हिमा गाहा मगरको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको हो ।

कपडा सुकाउने क्रममा करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान् बासुले लठ्ठीले तारलाई हिर्काउँदा तार चुँडिएर उनको शरीरमा परेको प्रहरीले जनाएको छ ।

1.4K

Husband and wife died in Dang due to electrocution

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *