समखबर संवाददाता


0 प्रतिक्रिया

2.2K

सप्तकोसी नदीको बाँध फुटेपछि चार हजार परिवार उच्च जोखिममा

४ वर्ष अगाडि
सप्तरी
समखबर संवाददाता

2.7K

अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध बुधबार फुटेपछि चार हजार घरपरिवार उच्च जोखिममा परेका छन्।

बिहानैसप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका वडा नम्बर २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका-६ डुबानमा परेको स्थानीयले बताए। बाँध फुटेर गाउँ पस्दा क्षति भए पनि यकिन तथ्यांक आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।

बेलका नगरपालिकाले बस्ती छाड्न सोमबारै माइकिङ गरेकाले मानवीय क्षति नहुने यादवले बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम गरिसकेको उनको भनाइ छ । कोसीको पूरै भंगालो नपसे पनि बाढी ओभरफलो भएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत कोसी ब्यारेजका बाँकी ढोका खोल्न आग्रह गरिएको बताइएको छ ।

नदी कटानले बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिकाका चारवटा वडाका दर्जन बढी गाउँका बासिन्दा उच्च जोखिममा रहेको स्थानीयबासीको भनाइ छ ।

सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्ने गरेकोले बर्खामा नदीले वर्षेनी जनधनको क्षति गर्दै आएको छ ।
उदयपुरको बेलका नगरपालिका- ८ को लाहुरे खोचमा सप्तकोसी फुटेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्षका चार हजार घर परिवार उच्च जोखिममा परेका छन् ।

सप्तकोसीले नयाँ मार्ग बनाए त्यहाँ बसोबास गर्ने चार हजार घर परिवार विस्थापित हुनुका साथै ठूलो जनधनको क्षति हुन सक्ने स्थानीयको भनाइ छ। सप्तकोसी कटानले गर्दा बराह क्षेत्र नगरपालिका-६ चिलिया टप्पुमा रहेको बालसेवा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, कौशिका आधारभूत विद्यालय बेलका नगरपालिका-३ तर्फ सरस्वती आधारभूत विद्यालयसहित दुईवटा स्वास्थ्य संस्था विस्थापित भइसकेका छन् ।

कञ्चनरूप नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ताले अविरल वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेकाले सप्तरीको कञ्चनरूप नगरपालिकाका वडा नम्बर १,२,४,५,६ र र १० उच्च जोखिममा रहेको बताए ।

2.7K

Four thousand families are at high risk after Saptakosi river dam burst

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *