समखबर संवाददाता


0 प्रतिक्रिया

2.2K

श्रीमानले बलात्कार गरेको भन्दै पत्नीद्धारा उजुरी

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2.8K

रुपन्देहीमा वैबाहिक बलात्कार विरुद्धको मुद्धा दर्ता भएको छ ।

तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पतिविरुद्ध लामो समय देखी जबर्जस्ती करणी गरेको भन्दै बैबाहिक बलात्कारको मुद्धा दर्ता गराएकी हुन ।

तिलोत्तमा नगरपालिका– १७ निवासी उक्त पुरुष विरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर पीडित महिलाले गत मंगलवार आफ्नै पत्नीले बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी हुन् ।

डीएसपी ठगबहादुर केसीका अनुसार चौधरी थरकी ती महिलाले ६ महिनादेखि मादकपदार्थ तथा लागूपदार्थ खाएर कुटपिट गर्नाका साथै आफू बिरामी हुँदा पनि श्रीमानले इच्छाविपरीत जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन् ।

सो अत्याचारबारे परिवारजन र आफान्तलाई जानकारी गराउँदा पनि वास्ता नगरे पछि प्रहरीसमक्ष उजुरी गर्न आएको महिलाले बताएकी छिन् । उजुरी लगत्तै सो बारेमा अनुसन्धान जारी राखिएको प्रहरीको भनाई छ ।

आफ्नै पत्नीलाईसमेत इच्छाविपरीत जबर्जस्ती करणी गरे ५ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ।

2.8K

Complaint by wife that her husband raped her in Butwal

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *