समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

सप्तरीका तीन पालिकामा हाई अलर्ट जारी

४ वर्ष अगाडि
सप्तरी
समखबर संवाददाता

1.5K

उदयपुरको बेलका नगरपालिका-८ डुम्रिबोटेमा सप्तकोसी नदीमा कटान भएपछि सप्तरीको तीन पालिकालाई हाईअलर्ट जारी गरिएको छ ।

जिल्लाको सप्तकोसी, कञ्चनरुप तथा हनुमाननगर कंकालिनी नगरपालिकाको केही वडामा जोखिम बढेको भन्दै यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सप्तरी प्रशासनले आग्रह गरेको छ ।

सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले जोखिम रहेको ठाउँका बासिन्दालाई सतर्क गराइएको जानकारी दिएका छन् ।

सप्तकोसी नदीको छेउछाउमा रहेको बस्तीतर्फ इलाका प्रहरी कार्यालय कञ्चनपुर, हनुमाननगर, भारदह, प्रहरी चौकी फत्तेपुरबाट टोली खटाई स्थानीयलाई सचेत रहन आग्रह  गर्नेकाम भइरहेको एसपी काफ्लेको भनाई छ ।

सप्तकोसी नगरपालिकाको वडा नम्बर ६ र ७ मा उक्त पानी पस्ने सम्भावना बढी रहेको स्थानीयले बताएका छन् ।

यसैगरी  कञ्चनरुप नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र १० उच्च जोखिममा रहेको नगरप्रमुख ललन गुप्ताले जानकारी दिए ।

बाढी नियन्त्रणमा नआउञ्जेलसम्मका लागि कोसी बाँधतर्फ नजान, गाई, भैंसी, बाख्रा चराउन र माछा मार्न नजान आग्रह सूचनासमेत दिइसकेको नगरप्रमुख गुप्ताको भनाई रहेको छ ।

1.5K

High alert issued in three municipalities of Saptari

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *