समखबर संवाददाता


0 प्रतिक्रिया

1.4K

गाउँपालिकाका निमित्त कार्यकारी अधिकृतसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.8K

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टकदत्त प्याकुरेलसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

हुम्लाको अदानचुली–१ स्थित थलाल्नादेखि कल्खेसम्म र वडा नं. ४ स्थित लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा उनीहरुले २१ लाख ४७ हजार ४ सय ९२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज उनीहरु विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले आज मुद्दा दायर गरेका अन्यमा अदानचुली गाउँपालिकाका इन्जिनियर मकरध्वज शाही, असिस्टेण्ट सव–इन्जिनियर विनोद थापा र ठेकेदार गणेश भण्डारी रहेका छन् ।

दायर गरिएको मुद्दामा उनीहरु सबैसँग २१ लाख ४७ हजार ४ सय ९२ रुपैयाँ बिगो दाबी गरिएको छ ।

1.8K

Corruption case against four people including the executive officer on behalf of the village council

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *