समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

अचानो प्रहारबाट श्रीमानको हत्या आरोपमा महिला पक्राउ

४ वर्ष अगाडि
चितवन
समखबर संवाददाता

1.5K

पश्चिम चितवनको पार्वतीपुरमा अचानोको प्रहार गरी श्रीमानको हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी झगडा हुँदा श्रीमतीले अचानोले हिर्काउदा भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार घरायसी झगडा हुँदा ५४ वर्षीय विनमाया विकले श्रीमान टीकारामलाई अचानोले प्रहार गरेकी थिइन् । टाउकोमा चोट लागेका टीकारामको मङ्गलबार घरभित्र कोठामा शव भेटिएको हो ।

घटनामा संलग्न रहेको आशङ्कामा श्रीमती विनमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टीकरामको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

1.5K

A woman was arrested on the charge of murdering her husband

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *