समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

झापामा १४ वर्षीया बालिका बलात्कृत

४ वर्ष अगाडि
झापा
समखबर संवाददाता

1.5K

झापामा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

ती बालिकालाई बलात्कार गरेको अभियोगामा प्रहरीले ताप्लेजुङ फुङलिङ नगरपालिका–९ बस्ने २० वर्षीय दिपेश बिक पक्राउ गरेको छ । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

झापा अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्कस्थित ताप्लेजुङ–पाँचथर होटल एण्ड लजमा साउन १८ गते राति दिपेशले ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार गरेपछि दिपेशले ती बालिकालाई विवाह गर्छु भनी आफ्नै घरमा लगेर राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

1.5K

14-year-old girl raped in Jhapa

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *