समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

प्रतिबन्धित औषधिसहित धनुषाबाट युवक पक्राउ

४ वर्ष अगाडि
जनकपुरधाम
समखबर संवाददाता

1.5K

धनुषा प्रहरीले एक लाखभन्दा बढी मूल्यको प्रतिबन्धित औषधिसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाकै नगराइन नगरपालिका ३ फुलगामा बस्ने २० बर्षीय पंकज साह छन् ।

साहलाई जनकपुरधाम उपमहानगरपालिका-७ जिरोमाइलबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । साहको साथबाट ९३ हजार २०६ मूल्य बराबरको रेजोस डिएसआर क्याप्सुल २९२ पता, २१ हजार ७१२ मूल्य बराबरको पेन्टोग आइटी डिएसआर ५९ पता, ४ हजार २८६ मूल्य बराबरको लिभ–सेट–५ लेखिएको औषधि ४७ पता र १ हजार ६७२ मूल्य बराबरको सेट्रिजाइर हाइड्रोक्लोराइड आइपी लेखिएको ११ पता औषधि बरामद भएको प्रहरीको भनाइ छ ।

साहलाई आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग वीरगंज पठाइएको धनुषा प्रहरीले जनाएको छ ।

1.5K

A youth was arrested from Dhanusha with prohibited drugs

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *