समखबर संबाददाता


0 प्रतिक्रिया

568

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन, सिनेमा जगतमा शोक

५ महिना अगाडि
काठमाडौं
समखबर संबाददाता

710

काठमाडौं ,मंसिर ८ । बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ ।

सोमबार अपराह्न उनको आफ्‍नै निवासमा निधन भएको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन् ।

बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्‍यक्ति गरेका छन् ।

उनले भनेका छन्, ‘ धर्मेन्द्रको निधनले एक युगको अन्त्य भएको छ।एउटा विशाल मेगास्टार, मुख्‍यधारको सिनेमाका एउटा सच्चा हिरोको पहिचान बनाउनु भएको उहाँ भारतीय सिनेमाको इतिहासमा सधैं चम्किरहनुहुनेछ।’

यस्तै बलिउडका दिग्गज कलाकारहरू हेमा मालिनी, अमिताब बच्चन, आमिर खानलगायतका आर्यघाट पुगेका छन् ।

यसअघि धर्मेन्द्रको निवासमा एम्बुलेन्ससहितका गाडी र घर बाहिर सुरक्षा बढाइएको थियो।

710

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *