समखबर संबाददाता


0 प्रतिक्रिया

452

मन्त्री घिसिङबाट निर्माणाधीन बाल अस्पतालको निरीक्षण

५ महिना अगाडि
काठमाडौँ
समखबर संबाददाता

565

काठमाडौँ मंसिर,१६ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको नेतृत्वमा निर्माणाधीन विशिष्टीकृत बाल अस्पतालको निरीक्षण गरेका छन्। मन्त्री घिसिङले मंगलबार काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले बुढानीलकण्ठ नगरपालिका– ७ हेपाली हाइटमा निर्माण गरिरहेको दुई सय शय्याको अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रिस्तरको बाल अस्पतालको निरीक्षण गरेका हुन्।

मन्त्री घिसिङले सोमबार कियोजबाट झापाको दमकमा सञ्चालित बाल अस्पतालको पनि निरीक्षण गरेका थिए । अस्पतालको मुख्य भवन निर्माण निर्माण अन्तिम चरणमा छ । मन्त्री घिसिङले अस्पतालको निर्माणाधीन भवन तथा विभिन्न संरचना र निर्माण प्रगतिबारे कियोचका अध्यक्ष डा. कोइरालासँग छलफल गर्नुका साथै स्थलगत निरीक्षण गरेका थिए । उक्त अस्पताल निर्माणका लागि सरकारले करिब ४१ रोपनी जग्गा भाडा (लिज) मा उपलब्ध गराएको थियो । संघीय सरकारले भवन बनाउन र उपकरण खरिदका लागि करिब ११ करोड र बागमती प्रदेश सरकारले एक करोड रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णय गरेका छन् ।

डा. काेइरालाको अगुवाइमा अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको बाल अस्पताल बनाउन लागिएकाले त्यसको प्रशंसा गर्दै मन्त्री घिसिङले अस्पताल निर्माणलाई सरकारका तर्फबाट आवश्यक सहयोग रहने बताए । उनले भने, ‘दमकमा सञ्चालित बाल अस्पतालका निरीक्षण गर्‍यौँ, उक्त अस्पतालबाट त्यस क्षेत्रमा ठुलो सेवा पुगेको रहेछ, काम गर्न सक्नेलाई देशको समग्र क्षेत्रको विकासका लागि थप जिम्मेवारी दिएर अगाडि बढाउन जरुरी छ ।’

उनले हस्पताल निर्माणमा सहयोग गर्ने सबै दातालाई धन्यवाद दिए। सबै नेपालीको पहुँच हुन सक्ने गरी अत्याधुनिक उपकरणसहितको सुविधासम्पन्न बाल अस्पतालको निर्माण गरिएको उल्लेख गर्दै डा. कोइरालाले अस्पताल गैरनाफामूलक, समाजसेवामा विशेष केन्द्रित हुने र कमजोर वर्गले पनि गुणस्तरीय उपचार पाउने बताए ।

उनले बालमृत्युदर उच्च रहेको कर्णाली प्रदेशमा अस्पताल निर्माणका लागि पहल भइरहेको उल्लेख गरे । डा. कोइरालाले सात प्रदेशमा बाल अस्पताल निर्माण गर्ने घोषणा गरेका थिए ।

565

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *