समखबर संबाददाता


0 प्रतिक्रिया

524

रुसको ट्रम्पलाई चेतावनी: भेनेजुएलामा युद्ध नगर्नु

४ महिना अगाडि
समखबर संबाददाता

655

काठमाडौं, मंसिर, २२ ।रुसी उपविदेशमन्त्री सेर्गेइ र्याबकोभले आइतबार अमेरिकालाई भेनेजुएलासँग पूर्ण द्वन्द्व नगर्न चेतावनी दिएका छन्। उनका अनुसार रुस भेनेजुएलाको नेतृत्वको पक्षमा उभिएको छ।

‘भेनेजुएलामा उच्च रहेको तनाव बढ्दै गएको छ। मस्कोले त्यहाँ देखिएका पछिल्ला घटनाक्रमलाई गहिरो चासोका साथ हेरेको छ,’ उनले भने।

र्याबकोभले भने, ‘भेनेजुएला विवाद यस क्षेत्रमा निर्विवाद प्रभुत्व कायम गर्ने वाशिङ्टनको चाहनासँग जोडिएको छ, यो ट्रम्प प्रशासनको ट्रेडमार्क हो।’

हालै दुई देशबिच सम्पन्न रणनीतिक साझेदारी र सहयोगसम्बन्धी सम्झौता उद्धृत गर्दै उनले भने, ‘हामी भेनेजुएलालाई समर्थन गर्दछौँ, त्यसरी नै यसले हामीलाई समर्थन गर्दछ। यो कठिन समयमा हामी काराकास र उसको नेतृत्वसँग काँधमा काँध मिलाएर उभिएका छौं।’

अमेरिकाले क्यारेबियन सागरमा सैन्य उपस्थिति बढाएको बेला रुसको यस्तो प्रतिक्रिया आएको हो। पेन्टागनले सेप्टेम्बर २ यता क्यारेबियन र पूर्वी प्रशान्त महासागरमा लागुऔषध जहाजहरूमा कम्तीमा २२ पटक आक्रमण गरेको छ, जसमा ८७ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

र्याबकोभले ट्रम्प प्रशासनलाई स्थिति थप तीव्र नबनाउन आग्रह गरेका छन्। एजेन्सी

655

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *