समखबर संबाददाता


0 प्रतिक्रिया

756

निर्वाचन आचारसंहिता पालनाको अनुगमन समिति बैठक

४ महिना अगाडि
समखबर संबाददाता

945

काठमाडौं, पुष, २१ । निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठक जारी छ । बैठकमा आचारसंहिता लागू भएपछिको अनुगमन गर्ने रणनीतिको सम्बन्धमा छलफल भइरहेको छ ।

मतदान हुनुभन्दा ५०/५२ दिन अगाडि निर्वाचन आचारसंहिता लागू गर्ने अभ्यास छ । विगतको अभ्यासलाई पच्छ्याउँदै यसपटक पनि आचारसंहिता लागू गर्ने मिति निर्धारण गर्ने तयारीमा आयोग छ ।

आयोगले आचारसंहिता पारित गरिसकेको छ । आयोगका राजनीतिक दल र सरोकारवाला सबैको सुझाव लिए आचारसंहिता तयार पारिएको छ ।

सूचना प्रविधिको प्रयोगको नियमन हुने विषय आचारसंहितामा छ । हरित निर्वाचन अन्तर्गतका प्रावधान राखिएका छन् । जस अन्तर्गत भर्चुअल प्रचारलाई प्रवर्द्धन गर्ने नीति लिइएको छ ।

निर्वाचन सामग्री समेत पलास्टिकको प्रयोग नगर्ने नीति आयोगको छ । यसअनुसार राजनीतिक दलले पनि प्रयोग गर्नुपर्ने भनिएको छ ।

राजनीतिक दलहरूले मत माग्न जाँदा घोषणापत्र बनाएर लैजानुपर्ने विषय पनि आचारसंहितामा छ । निर्वाचन पछाडि चुनावी घोषणापत्र कति कार्यान्वयन भयो वा भएन भनेर त्यसको प्रतिवेदन तयार पारी सार्वजनिक गर्नुपर्ने लगायतका विषय समेत समेटिएको छ ।

उम्मेदवारले गर्न पाउने अधिकतम खर्च निर्धारण लगायका विषय आचारसंहितामा समावेश छ । निर्वाचन खच बैंक मार्फत गर्नुपर्ने प्रावधान पनि राखिएको छ ।

945

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *