समखबर संबाददाता
काठमाडौं, पुष, २८ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु भएको छ ।
विशेष महाधिवेशन प्रचारप्रसार समितिले आज पत्रकार सम्मेलन गरी बन्दसत्रको कार्यक्रम केहीबेर अघि भृकुटीमण्डपस्थित हलमा सुरु भएको जानकारी दिएको हो । बन्दसत्रको अध्यक्षता काठमाडौं क्षेत्र नं. ५ का कांग्रेस नेता एवं ज्येष्ठ महाधिवेशन प्रतिनिधि ८८ वर्षीय श्यामकुमार खड्काले गरेका छन् ।
बन्दसत्रमा पार्टीका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले दुईवटा छुट्टाछुट्टै प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ । महामन्त्रीद्वयले पेस गर्ने प्रस्तावमा राजनीतिक समीक्षा, पार्टीभित्रको विधि, विधान संशोधन र संरचनागत सुधारलगायतका रहेका छन् ।
समखबर संबाददाता