समखबर संबाददाता


0 प्रतिक्रिया

404

रहस्यमय मृत्यु: चार दिनदेखि बेपत्ता युवती गैँडाकोटमा मृत भेटिइन्

२ महिना अगाडि
काठमाडौं
समखबर संबाददाता

505

काठमाडौं, १३ फागुन । नवलपुरकाे गैँडाकोटमा एकजना युवती शंकास्पद अवस्थामा मृत फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार उनलाई हत्या गरिएको अवस्थामा उनको शव भेटिएको छ। गुल्मी जिल्लाको मुसीकोट गाउँपालिका– ९ घर भई हाल गैँडाकोट नगरपालिका– २, शान्तिनगर टोलस्थित सीता लामिछानेको घरमा डेरा गरी बस्दै आएकी २४ वर्षीया बबिता सापकोटा आफ्नै कोठामा मृत फेला परेकी छिन् ।  

निजको टाउको, घाँटी, दाहिने हातको नाडीमा धारिलो हतियारले काटेको चोट र अनुहारमा नीलडाम रहेको पाइएको घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक युवराज खड्काले बताए । उनले भने, ‘उनकाे हत्या गरेको देखिन्छ । उनको शव उनी सुत्ने ओछ्यानमै सिरकले छोपेको अवस्थामा रहेको थियो । उनको कोठा भने बाहिरबाट ताला लगाइएको थियो।’ 

प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको जनाएको छ। प्रहरीले दुईवटा तालिमप्राप्त कुकुरको सहायतामा घटनाको अनुसन्धान बढाएको छ । करिब एक साता माइत बसेर गत आइतबार गैँडाकोट फर्किएकी उनी आइतबारदेखि नै परिवारको सम्पर्कमा थिइनन् । स्थानीयका अनुसार आइतबार उनी कोठामा आएको स्थानीयले पनि देखेका थिए, तर त्यसपछि उनलाई कसैले देखेका थिएनन् । 

युवती परिवारको सम्पर्कमा नरहेको भन्दै प्रहरीमा उजुरी परेपछि प्रहरी घटनाको अनुसन्धानको क्रममा उनको बन्द कोठाको ताला फोडेर कोठामा गएको थियो । उनलाई मंगलबार साँझ प्रहरीले मृत फेला पारेकाे हाे । केही वर्षअगाडि विवाह भएर सम्बन्धविच्छेद भएकी सापकोटा कोठामा एक्लै बस्दै आएकी थिइन् ।

505

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *