समखबर संवाददाता
काठमाडौं। १४ फागुन । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते को निर्वाचन सुनिश्चित भएको बताएका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले केही उत्तरचढाव हुँदै सिङ्गै राष्ट्र निर्वाचनमा होमिएको र निर्वाचन सुनिश्चित भएको बताए ।
यद्यपि उनले असहज परिस्थितिमा आइलागेको निर्वाचनमा सहभागी हुनुपरेको र यसलाई सफल पार्नु समाजका सबै तह र तप्काको जिम्मेवारी भएको बताए ।
प्रचण्डले गत भदौ २३ गते जेनजी युवाहरूले भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जालमाथिको नियन्त्रण हट्नुपर्छ भनेर शान्तिपूर्ण प्रदर्शन गरेको भन्दै उक्त प्रदर्शनअघि जेनजीले राखेका माग जायज भएकाले हस्तक्षेप नगर्न भनेको बताए।
उनले २३ गते युवाहरूमाथि हत्या गर्ने प्रवृत्ति र दमन गर्ने प्रवृत्ति अहिले पनि नेपालको राजनीतिमा अहिलेसम्म अहङ्कारी र दम्भी प्रवृत्ति नैतिक जिम्मेवारी लिन तयार नभएको बताए ।
त्यस्तै उनले २४ गतेको विध्वंसकारी प्रवृत्ति पनि अतिवादी प्रवृत्तिका रूपमा देखापरेको भन्दै आफूहरू दुवै प्रवृत्तिकाे विरुद्धमा रहेको बताए।
समखबर संवाददाता