समखबर संवाददाता


0 प्रतिक्रिया

240

२१ फागुनमा चुनाव हुँदैन’ भन्ने ज्योतिष रुद्रनाथ अधिकारी पक्राउ

२ महिना अगाडि
समखबर संवाददाता

300

काठमाडौं, १९ फागुन । २१ फागुनमा चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ज्योतिष रुद्रनाथ अधिकारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

उनलाई चन्द्रागिरीबाट पक्राउ गरिएको हो । ज्योतिष अधिकारीले २१ फागुनमा अनिष्ट छ, चुनाव हुँदैन भन्दै बोलेको प्रहरीले बताएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई सोमबार साँझ पक्राउ गरेर परिसरमा बुझाएको हो । अहिले उनी परिसर काठमाडौंको हिरासतमा छन् ।

300

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *