समखबर संवाददाता
लण्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन २२ मार्चदेखि २५ मार्चसम्म काठमाडौंमा हुने भएको छ। महाधिवेशनमा हुने निर्वाचन मूल्यांकन गर्न संरक्षक परिषदले सोमबार पाँच सदस्यीय निर्वाचन अनुगमन समिति गठन गरेको छ ।
महाधिवेशनको नेतृत्व चयनको लागि हुने निर्वाचन मूल्यांकनका लागि संघको बिधान २०२१ को दफा २१ को उपदफा ८ अनुसार निर्वाचन अनुगमन समिति गठन गरिएको हो ।
अनुगमन समितिमा दिल गुरुङ, हिक्मत थापा, बिश्वो आदर्श पण्डित, नरेन्द्र भाट र सनिकुमार ओली छन् ।
समखबर संवाददाता