समखबर संवाददाता


0 प्रतिक्रिया

896

काठमाडौं महानगरको प्रमुख हाम्रो मान्छे नहुँदा पीडा भोगेका छौं : गगन थापा

४ वर्ष अगाडि
 काठमाडौं
समखबर संवाददाता

1.1K

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिको प्रमुख आफ्नो मान्छे नहुँदा निकै पीडा भोगेको बताएका छन। काठमाडौं जिल्लाबाट निर्वाचित थुप्रै कांग्रेस सांसद्हरूले काठमाडौं महानगरमा नेपाली कांग्रेसको प्रमुख नहुँदा निकै पीडा भोगेको बताए ।

‘काठमाडौंमा हामीले धेरै सांसद् भएर पनि काम गर्न सकेनौं । काठमाडौं महानगरपालिकाको मेयर हाम्रो मान्छे भएको भए पाँच वर्षमा धेरै काम गर्न सकिन्थ्यो । तर, नहुँदाको पीडा हामीले भोगेका छौं,’ थापाले भने । 

काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई अत्यधिक मतले निर्वाचित गराउन अनुरोध गर्दै उनले भने, ‘उहाँले कुनै नौला सपना देखाउनु भएको छैन । दिनहुँ तपाईं हामीले देखेको र भोगेको पीडालाई समाधान गर्ने उहाँको संकल्प छ ।’ 

सिर्जना सिंहबाट कुनै चमत्कार नेदख्न अनुरोध गर्दै अघिल्लो पटक सूर्यमा भोट हालेका मतदातालाई समेत यसपटक सिर्जना सिंहलाई मतदान गर्न अपिल गरे । 

आफू पाँच वर्षमा स–साना काम गर्न नपाएर छट्पटाएको मान्छे भएको भन्दै थापाले भने, ‘हामी महानगरसँग सहकार्य गरेर स–साना काम गर्न आतुर छौं । त्यसका लागि पनि हामीलाई उहाँलाई भोट दिनै पर्छ ।’  

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *