समखबर संवाददाता


0 प्रतिक्रिया

1K

भोट कि देश जोगाउनेलाई राख्नुहोस्, कि देश बेच्नेलाईः विजुक्छें

४ वर्ष अगाडि
भक्तपुर
समखबर संवाददाता

1.3K

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले स्थानीय तहको निर्वाचन भए पनि अहिले भोट कि देश जोगाउने पार्टीलाई कि त देश बेच्ने पार्टीलाई राख्नुपर्ने अवस्था आएको बताएका छन् ।

देखिदा धेरै पार्टीहरु चुनावी प्रतिस्पर्धामा देखिए पनि सारमा देश जोगाउने र बचाउने पक्षका दुई वटा पार्टी मात्रै रहेको उनको भनाई छ । एमसीसीको पक्षमा रहेका पार्टीहरु देश बेच्ने र विरोधी पार्टीहरु देश जोगाउने पक्षमा रहेको उनको भनाई थियो ।

उनले भने, तपाईंहरुले वैशाख ३० गते शुक्रबार भोट राख्दा यही कुरालाई विचार गर्नुहोस् । कांग्रेस, एमाले र माओवादी पार्टीले एमसीसीको समर्थन गरेकाले उनले देश बेच्ने पार्टी भएको र नेपाल मजदुर किसान पार्टीबाहेकका केही पार्टीहरुले एमसीसीको विपक्षमा रहेर देश बचाउने पार्टीमा दर्ज भएको बताए ।

उनले भने, अहिले चुनावमा जोसुकैले भोट माग्न आए पनि सारमा यहाँंहरुले यी दुईमध्ये एक रोज्नुपर्ने हुन्छ । त्यही कारण यो चुनाव देशभक्त र देश विरोधीहरुको जनमत बुझने चुनाव पनि भएको विश्लेषण गरे । त्यसकारण देश बचाउने पार्टीहरुलाई देख्दाखेरी हारे पनि सारमा देशभक्त जनताको मत दर्शाउन त्यस्ता पार्टीहरुलाई मत हाल्न उनले अनुरोध गरे । उनले कांग्रेस, एमाले, माओवादी अमेरिकी दास भएको आरोप पनि लगाए ।

1.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *