समखबर संवाददाता


0 प्रतिक्रिया

868

हुम्लाको चंखेलीमा झडप, ८ राउण्ड अश्रुग्यास प्रहार

४ वर्ष अगाडि
काठमाडाैं
समखबर संवाददाता

1.1K

हुम्लाको चंखेली गाउँपालिकाकाे एउटा मतदान केन्द्रमा झडप भएको छ । चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा सत्ता गठबन्धन दल र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप हुँदा मतदान अधिकृत घाइते भएका छन् ।

झडपमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत, र अर्का स्थानीय घाइते भएकाे प्रहरीले जनाएकाे छ । 

झडपलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ८ राउन्ड अश्रुग्यास प्रहार गरेकाे प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् । अहिले मतदान केही समयका लागि स्थगित गरिएको छ ।

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.