समखबर संवाददाता


0 प्रतिक्रिया

832

विभिन्न सात जिल्लाका केही स्थानमा मतदान कार्य अवरुद्ध

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1K

निर्वाचन आयोगले आज देशभर भइरहेको स्थानीय निर्वाचनमा अपरान्ह १२ बजेसम्म सात जिल्लाका केही स्थानमा मतदान कार्य अवरुद्ध भएको जनाएको छ ।

आयोगका अनुसार दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको हो ।

अवरुद्ध भएको मतदान कार्य सूचार गर्ने प्रयास भइरहेको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

आज देशका ७ सय ५३ वटै स्थानीय तहका १० हजार ७ सय ५६ मतदान स्थलका २१ हजार ९ सय ५५ मतदानकेन्द्रमा विहान ७ बजेदेखि मतदान भइरहेको छ ।

छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको आयोगले विज्ञप्ति मार्फत जनाएको छ ।

1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.