समखबर संवाददाता


0 प्रतिक्रिया

972

डाक्नेश्वरीमा स्थगित मतदान १ जेठमा हुने

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.2K

सप्तरीको डाक्नेश्वरीमा स्थगित भएको मतदान १ जेठमा हुने भएको छ । डाक्नेश्वरी नगरपालिका-२ स्थित हिररबा मावि मतदान केन्द्रमा १ जेठमा मतदान हुन लागेको हो ।

मतदान अधिकृत कुटिएपछि त्यहाँको मतदान रोकिएको थियो । रोकिएको मतदान आजै पुनः नहुने अवस्था भएपछि अर्को दिन मतदान गर्नेगरी स्थगित भएको हो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार सर्वपक्षीय छलफलपछि १ जेठमा मतदान गर्ने निर्णय गरिएको बताए । एक अशक्त महिलाले मतदान अधिकृतलाई मत हाल्न दिएकी थिइन् । तर, मत हाल्दा आफूले भनेको भन्दा अन्यत्रै हालेको भन्दै विवाद सुरू भएको थियो ।

विवादपछि एक समूहले मतदान अधिकृतमाथि कुटपिट गरेका थिए । मतदान अधिकृतमाथि कुटपिट भएपछि मतदान रोकिएको थियो ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *