समखबर संवाददाता


0 प्रतिक्रिया

848

गठबन्धन भएअनुसारको नतिजा आइरहेको नेता गुरुङको भनाई

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.1K

नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले तालमेल भएको ठाउँमा कम र एक्लै लडेको ठाउँमा पार्टीले सफलता पाएको बताएका छन् । उनले स्थानीय तह निर्वाचनको अहिलेसम्मको नतिजा हेर्दा हाम्रो पार्टी २०७४ भन्दा केही सुदृढ हुने बताएका छन् ।

उनले ५ दलबीच जुन स्तरको गठबन्धन भएअनुसारको नतिजा आइरहेको पनि बताए । उनले भने राष्ट्रिय राजनीतिमा सहकार्य आवश्यक थियो, तर विगतमा हामी अलग थलग ढंगले लडेकाले सबै ठाउँमा सहजता र प्रभावकारिताका साथ सहकार्य हुन सकेन । तर, अहिले नै ५ घटकभित्र एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने हदसम्म नजाऊँ । एउटालाई मात्र दोष थोपर्ने काम नगरौं । पहिले सबै नतिजा आउन दिऊँ ।

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *