समखबर संवाददाता


0 प्रतिक्रिया

612

एमालेले जित्यो दुई सयभन्दा बढी पालिका प्रमुख

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

765

नेकपा एमालेले दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ ।

२ सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने एमाले दोस्रो दल बनेको छ । नेपाली कांग्रेसले ३ सय २२ पालिका प्रमुख तथा अध्यक्ष जितेको छ ।

निर्वाचन आयोगले हालसम्म मतगणना सकेको ७ सय ४० पालिकामध्ये २ सय २ वटाको अध्यक्ष तथा प्रमुख जित्न एमाले सफल भएको हो ।

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने कांग्रेसपछि एमाले दोस्रो ठूलो दल बनेको छ ।

वैशाख ३० गते एकसाथ देशका सबै ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन भएको थियो । हाल ११ पालिकामा मतगणना जारी रहेको छ, जसमध्ये तीनवटामा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

765

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *