धनकुटा–धरानमा एम्बुलेन्सभित्र गाँजा, चालक फरार
काठमाडौं, पुष, २८ । धनकुटाको साँगुरीगढी गाउँपालिका– ६, भेडेटार चोकबाट प्रहरीले लागुऔषध गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको ना.४च ६४७४ नम्बरको एम्बुलेन्सलाई भेडेटार चोकमा रोक्न खोज्दा चालकले प्रहरीलाई अवज्ञा गर्दै ब्यारिकेटसमेत लडाएर भाग्ने प्रयास गरेको थियो। पछि प्रहरी टोलीले एम्बुलेन्सलाई भेडेटार गेटमा रोकेका थिए, तर...