बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
काठमाण्डौको रविभवनमा हिजो बेलुका भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । कालीमाटीबाट कलंकी तर्फ जाँदै गरेको बा ४ ख ४१४१ नम्बरको बसमा सोही दिशाबाट जाँदै गरेको बाग्मती प्रदेश ०२–०३० प ६५६२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । त्यसपछि अनियन्त्रित भइ विपरित दिशाबाट आउँदै गरेको बा ५ ख ४२७२ नम्बरको अर्को बसमा मोटरसाइकल पुनः ठोकिएको...