समखबर संवाददाता


0 प्रतिक्रिया

1.5K

नवलपरासीमा दुई जना मिटरब्याजी साहु पक्राउ

४ वर्ष अगाडि
नवलपरासी
समखबर संवाददाता

1.9K

नवलपरासीका दुई जना साहुलाई प्रहरीले पक्राउ गरेको छ । दृष्टिबन्धकबाट स्थानीयलाई ऋण दिएका नवलपरासीका दुई जना मिटरब्याजी साहुलाई प्रहरीले बिहिबार राति पक्राउ गरेको हो ।

आफूले लिएको ऋणको मिटरब्याज सरह ब्याज लिएर उठिबास बनाएको भन्दै नवलपरासीको प्रतापपुर र सुस्ता गाउँपालिकाका ४० बढी ऋणीले ८ दिनदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका हुन् । मिटरब्याजी विरुद्ध काठमाण्डौंमा आन्दोलन हुन थालेपछि गृहमन्त्रालयले जिल्लामा निगरानी बढाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको थियो ।

पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर गाउँपालिका बेलाटारीका सुनिल बाँनिया र जगदिश बाँनिया रहेका छन्। स्थानीयलाई ऋण दिएका दुई साहुलाई बिहिबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जनाए । उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र वास्तविकता बुझेर प्रकृया अघि बढाइने उनले बताए ।

ऋणीहरुले तोकिएको ऋण भन्दा बढी बुझाएको रकम फिर्ता हुनुपर्ने र रकम दिन नसकेर साहुले लिएको जग्गा फिर्ता हुनुपर्ने माग राखेका छन् । उनीहरुले आफूले लिएको रकमको सात गुणा बढी तिरिसक्दा पनि अझै बाँकी रहेको भन्दै भएको जग्गा पनि हड्पन खोजेपछि आन्दोलन गर्नुपरेको बताएका छन् ।

1.9K

Two Mitrabaji Sahu arrested in Nawalparasi

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *