समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.6K

काठमाण्डौको रविभवनमा हिजो बेलुका भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

कालीमाटीबाट कलंकी तर्फ जाँदै गरेको बा ४ ख ४१४१ नम्बरको बसमा सोही दिशाबाट जाँदै गरेको बाग्मती प्रदेश ०२–०३० प ६५६२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

त्यसपछि अनियन्त्रित भइ विपरित दिशाबाट आउँदै गरेको बा ५ ख ४२७२ नम्बरको अर्को बसमा मोटरसाइकल पुनः ठोकिएको प्रहरीले जनाएको छ ।

हिजो बेलुकी ७ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मकवानपुरको थाहा नगरपालिका–७ का ३१ वर्षीय राजु दुतराजको उपचारका क्रममा शहिद मेमोरियल अस्पताल कलंकीमा गएको मध्यराती मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न दुबै बसका चालकलाई प्रहरी बृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ ।

1.6K

One killed in bus-motorcycle collision

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *