समखबर संवाददाता


0 प्रतिक्रिया

2K

बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर

४ वर्ष अगाडि
सुर्खेत
समखबर संवाददाता

2.6K

बाजुराको बुढीगंगा नगरपालिका(९ को त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव भएको छ । तनाव भएपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले हवाइ फायर गरेको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । ‘केहीबेर विवाद भयो,’ अधिकारीले भने, ‘करिब १५ मिनेट मतदान गरेर अहिले पुनः मतदानको स्थिति बनेको छ ।’

अन्य मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए । फर्जी मत खसाएको विषयलाई लिएर दलका कार्यकर्ताहरूबीच विवाद भएपछि दोहोरो झडप भएको छ । एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार भरतबहादुर थापा र मतदाता सीता थापाको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सुर्यबहादुर थापाले बताए ।

३० वैशाखमा भएको निर्वाचनमा बुथ कब्जा गरेको भन्दै मतगणना स्थगित गरेर पुनः बिहीबार निर्वाचन गरिएको हो ।

2.6K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *