समखबर संवाददाता


0 प्रतिक्रिया

1.4K

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.8K

काठमाडौं र दाङमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१६ बसन्तनगरस्थित तुम्देन सेकुवा कर्नरबाट जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गणेश विश्वकर्मा सहित ४ जना छन् । उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई एक बुक तास र नगद ३० हजार ६ सय ३० रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

दाङको घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित नारायण प्रसाद अधिकारीको घरबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पनेृमा सोही ठाउँ बस्ने ३१ वर्षीय शिव पुन समेत ८ जना छन् । उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई ३ बुक तास र नगद ८५ हजार २ सय ८० रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

1.8K

Arrested while gambling

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *