समखबर संबाददाता


0 प्रतिक्रिया

584

अध्यक्ष ओली : लोकतन्त्रलाई ट्रयाकमा ल्याउने समय आएको छ

४ महिना अगाडि
काठमाडौं
समखबर संबाददाता

730

काठमाडौं, पुष, १८ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई ट्रयाकमा ल्याउने जिम्मेवारी नेकपा (एमाले)मा आएको र पार्टीले त्यो काम गरिरहेको बताएका छन्। उनले अन्य राजनीतिक दलहरूलाई पनि लोकतन्त्रको पक्षमा आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह समेत गरे।

देशमा सिर्जना गरिएको भय, आतङ्कलाई कम गर्न र शान्ति सुव्यवस्थाको अवस्था सिर्जना गर्न एमालेले सुरुदेखि नै प्रयास र पहल थालेको र त्रासदीपूर्ण अवस्थाबाट नेपाली समाज सामान्य अवस्थामा फर्कन सुरु भएको अध्यक्ष ओलीले बताए।

उनले भने, ‘सबै जिल्ला, पालिका र वडावडामा गरी हजारौंको सङ्ख्यामा जुलुस र सभा गरी जनताको मनोबल उठाउने काम गरियो।’

अध्यक्ष ओलीले पार्टीको ११औं महाधिवेशन पनि असाधारण जनपरिचालनका साथै सिङ्गो पार्टी परिचालन गरेर सम्पन्न गरिएको र महाधिवेशनबाट पार्टीमा ताजापनका साथै राष्ट्रिय राजनीतिमा एउटा असाधारण र सकारात्मक परिस्थिति निर्माणको सन्देश दिन सफल भएको बताए।

पार्टीमा कतै गुटगत भावना होइन, पार्टी भावना, एकताको भावना, राष्ट्रका लागि समर्पित भावनाका साथ पार्टी एकताबद्ध भएर अगाडि बढ्ने उनले बताए।

आफूले सधैँ पार्टीलाई एकताबद्ध बनाउन कोसिस गरेको र विगतमा लगभग दुई तिहाइको अवस्थामा सुदृढ पार्टी बनाएको स्मरण गर्दै अब पनि पार्टीमा यथोचित मिलाएर लैजाने प्रयास आफूबाट हुने अध्यक्ष ओलीले बताए।

नयाँ वर्षमा देशका अगाडि गम्भीर चुनौतीहरू रहेको औल्याउँदै आफ्नो निर्णय आफैँ गर्ने सन्दर्भमा यतिबेला देश धेरै कमजोर अवस्थामा रहेको र देशको सार्वभौमसत्ता कमजोर बनाउन विभिन्न तिरका लगानी डर लाग्दो गरी प्रयोग भइरहेको उनले बताए।

अध्यक्ष ओलीले भने, ‘अहिले पनि असंवैधानिक काम भइरहेका छन्। विभिन्न प्रकारका तत्व जम्मा गरेर शक्ति निर्माण गर्न खोजिँदै छ। सर्वोच्चले थुनामा राखेर कारवाही गर्नु भनेका मान्छे जिल्ला र उच्च अदालतबाट छोड्ने काम भएको छ, छोड्ने वित्तिकै तमासा देखिँदै छ।’

730

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *