समखबर संवाददाता


0 प्रतिक्रिया

112

डोनाल्ड ट्रम्पले इजरायल–लेबनान युद्धविराम तीन साता बढाए

८ घण्टा अगाडि
समखबर संवाददाता

140

काठमाडौं, ११ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि बढाइएको बताएका छन् ।

ट्रुथ सोशलमा पोस्ट गर्दै उनले ओभल अफिसमा इजरायली र लेबनानी अधिकारीहरू बीच भएको बैठकपछि युद्धविराम अवधि बढाउने निर्णय लिइएको बताएका छन् ।

ट्रम्पले बैठक अत्यन्तै सकारात्मक रहेको पनि उल्लेख गरेका छन् । बैठकमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो पनि उपस्थित थिए ।

‘अमेरिका लेबनानका साथ मिलेर काम गर्ने छ,’ अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘यसबाट लेबनानले हिज्बुल्लाहसँग आफ्नो रक्षा गर्न सकोस् ।’

उनले इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहु र लेबनानका राष्ट्रपति जोसेफ ओनको आथित्यता गर्ने पनि बताएका छन् ।

ओभल अफिसमा मिडियासँगको कुराकानीमा ट्रम्पले लेबनानी राष्ट्रपति र इजरायली प्रधानमन्त्री आगामी साता ह्वाइट हाउस आउने बताएको बीबीसीले जनाएको छ ।

140

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *