समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

फ्राइडे रिलिज : ‘म यस्तो गीत गाउँछु २’ हलमा

४ वर्ष अगाडि
समखबर संवाददाता

1.7K

काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु २’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । विदेशी चलचित्र ‘गंगुबाई काठियावाडी’, ‘अनचार्टेड’ र ‘वलिमै’ संगै नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु २’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको हो ।


अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र निर्माण कार्य सकिएको दुई वर्षपछि देशव्यापी प्रदर्शनमा आएको हो । कोरोना संक्रमणअघि नै निर्माण सम्पन्न भएको चलचित्रको प्रदर्शन मिति यसअघि पटकपटक सरेको थियो ।


सुदर्शन थापाको निर्देशन रहेको लभस्टोरी चलचित्रमा पल र पूजाका साथमा हरिहर शर्मा, दिनेश डीसी, राजाराजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाया लगायतको अभिनय छ । चलचित्रलाई सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेका हुन् ।

चलचित्रका अभिनेता पल शाह बाहेक अधिकांश चलचित्रर्मीको उपस्थितिमा ‘म यस्तो गीत गाउँछु २’ चलचित्रको बुधबार साँझ राजधानीमा प्रिमियर शो आयोजना गरिएको थियो ।


जिल्ला प्रहरी कार्यालय तनहुँमा नाबालिका बलात्कारको अभियोग जाहेरी परेसंगै पल शाह फरार भएका छन् । उनलाई पक्राउ गर्न प्रहरी परिचालित भएका छन् । जसका कारण चलचित्रको व्यापारलाई पार्ने असरको बारेमा आम चासोको विषय बनेको छ ।

1.7K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *