समखबर संवाददाता


0 प्रतिक्रिया

936

पल प्रकरणमा ‘ट्वीस्ट’पछि अन्सारी भन्छिन्– पुरुषार्थको विजय कसरी हुन्छ साक्षी भइयो

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.2K

अभिनेत पल शाह (पूर्णविक्रम शाह) जोडिएको बलात्कारको घटनामा ‘ट्वीस्ट’ आएसँगै मानव अधिकारकर्मी मोहना अन्सारीले पुरुषार्थको विजय भएको बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत् पुरुषार्थको विजय कसरी हुन्छ भन्ने कुराको आफू साक्षी भएको बताएकी हुन्। 

नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ पुर्जी जारी भएसँगै गत फागुन १५ गते शाहले जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमपर्ण गरेका थिए।

जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले प्रहरीले जबरजस्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि दबाब दिएको बताएकी थिइन्।

नाबालिग गायिकाले आफ्नो बयान फेरेको विषय सार्वजनिक भएसँगै मानवअधिकारकर्मी अन्सारीले आफ्नो तर्क अघि सारेकी हुन्। उनले लेखेकी छन्, ‘पुरुषार्थको विजय कसरी हुन्छ। आज साक्षी भइयो।’

साभार

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *