समखबर संवाददाता


0 प्रतिक्रिया

980

विमान दुर्घटनास्थलमा सेना र प्रहरीकाे टाेली पुग्याे

४ वर्ष अगाडि
काठमाडाैं
समखबर संवाददाता

1.2K

नेपाली सेना र नेपाल प्रहरीकाे टाेली  तारा एयरको विमान दुर्घटनास्थल पुगेकाे छ । आइतबार सम्पर्कविहीन भएकाे विमान सोमबार बिहान मुस्ताङकाे थासाङ गाउँपालिका-२ मा भेटिएको थियाे। 

स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको छ । जहाज पुरै टुक्राटुक्रा अवस्थामा छ भने कोही पनि यात्रु ज्युँदो नरहेको त्यहाँ पुगेका उद्धारकर्मीले बताएका छन् ।

सबैले शव संकलन गरिरहेको नेपाली सेनाको विजयपुर ब्यारेकका प्रमुख सेनानी प्रेम पौडेलले जानकारी दिए । हुस्सु र कुहिरोका कारण अझै हेलिकोप्टर राम्रोसँग उड्ने अवस्था नरहेको उनले बताए । सेनाका १ जना र प्रहरीका १ जनालाई हेलिकोप्टर मार्फत झारिएको हो ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *