समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

लागू औषधसहित तीन जना पक्राउ

४ वर्ष अगाडि
सप्तरी
समखबर संवाददाता

1.4K

सप्तरी प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारका प्रकाश यादव र तुलसीकुमार दास तथा सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ का दीपेशकुमार यादव रहेका छन् ।

उनीहरूको साथबाट निट्राभेट ट्याबलेट ५ सय १० पिस, डाइजेलव इन्जेक्सन १ सय एम्पुल, पेनेरागन इन्जेक्सन १ सय एम्पुल तथा बुफ्रेन नोर्फिन १ सय एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
प्रहरीले उनीहरुलाई छिन्नमस्ता गाउँपालिका-३ छिन्नमस्ता मन्दिर नजिकैबाट पक्राउ गरेको हो । 

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *