समखबर संबाददाता


0 प्रतिक्रिया

916

सुनुवाईका क्रममा सयौँ साङ्ला छोडेपछि अदालतले गर्यो यस्तो निर्णय !

४ वर्ष अगाडि
काठमाडौं
समखबर संबाददाता

1.1K

अमेरिकाको न्युयोर्क राज्यमा एउटा अदालती सुनुवाईका क्रममा अकस्मात सयौँ साङ्ला छोडिएका छन् । बहसका क्रममा छोडिएका साङ्ला धपाउन किटनाशक औषधिको प्रयोगपछि अदालतको सुनुवाई समेत स्थगित भएको थियो । प्राप्त विवरणहरू अनुसार ल्बानी सिटी कोर्टमा सुनुवाईको क्रममा विवादपछि साङ्ला छोडिएको थियो ।

अदालतको कार्यवाहीको भिडियो खिच्न खोज्ने व्यक्तिलाई रोक्न थालेपछि विवाद बढेको थियो । अदालतका अनुसार विवादपछि प्लास्टिक कन्टेनरहरूमा अदालतमा ल्याइएका सयौं साङ्लाहरू छोडिएका थिए ।

साङ्ला फालिएको विषयमा अनुसन्धान भइरहेको छ । साङ्ला धपाउन किटनाशक औषधि छर्किएकाले अदालत बन्द गरिएको थियो । अदालतका अधिकारीहरूले खराब आँचरण, सरकारी प्रशासनमा बाधा पुर्‍याएको र भौतिक प्रमाणमा अवरोध गरेको आरोपमा एक ३४ वर्षीया महिलालाई पक्राउ गरेका थिए । तर, पक्राउको केही समयपछि उनी रिहा भएकी थिइन् ।

सुनुवाइको समयमा अदालतममा भएको हर्कत त्यहाँको कारवाहीमा बाधा र क्षति पुर्‍याउने उद्देश्यले गरिएको आपराधिक व्यवहार भएको अदालत प्रशासनको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । एजेन्सी

1.1K

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *