समखबर संवाददाता


0 प्रतिक्रिया

952

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

४ वर्ष अगाडि
लमजुङ
समखबर संवाददाता

1.2K

बैकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोली र स्थानीय प्रहरीको समन्वयमा लमजुङको दोर्दी गाउँपालिका-४ पाचोक घर भएकी ३० वर्षीया हस्तीमाया गुरुङलाई लुकीछिपी बसेको सूचनाको आधारमा २४ वैशाखमा काठमाडौं बालाजुबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी गुरुङलाई उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा तीन दिन कैद र तीन लाख ९४ हजार जरिवाना तोकेको थियो ।

तर, गुरुङले जरिवाना बापतको रकम दाखिला गर्न नसकेको हुँदा जरिवाना समेतको रकमलाई कैदमा निर्धारण गरी सम्मानित अदालतको आदेशले निजलाई तीन वर्ष ६ महिना २१ दिन कैदमा राख्ने गरी मंगलबार लमजुङ जिल्ला अदालतबाट कैद भुक्तान गर्न कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । उच्च अदालत पाटनले ८ वैशाख ०७८ र २३ फागुन ०७८ मा फैसला गरेदेखि गुरुङ फरार थिइन् ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *