समखबर संवाददाता


0 प्रतिक्रिया

1K

अवैध लागूऔषधसहित तीन जना पक्राउ 

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.3K

कास्की र रुपन्देहीबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट १ केजी ३६ ग्राम अवैध लागूऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सोही महानरपालिका–९ शिवटोल बस्ने १९ वर्षीय निखिल खड्का सहित छन् । उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

रुपन्देहीको कञ्चन गाउँपालिका–१ बकुलघाटबाट करिब २ ग्राम ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २९ वर्षीय महेश प्रसाद थारु रहेका छन् । इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो 

1.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *