समखबर संवाददाता


0 प्रतिक्रिया

2K

बजेटअघि नै ल्याएकाे भन्दै एमालेले च्यात्याे राताे किताब, पाेखराकाे नगरसभा बहिष्कार

४ वर्ष अगाडि
पाेखरा
समखबर संवाददाता

2.5K

पाेखरा महानगरले शुक्रबार आगामी वर्षका लागि बजेट ल्याउँदै छ । सभागृहमा केहीबेरअघि सुरु भएकाे सभामा एमालेका सदस्यहरुले विराेध गरे ।
४ बजे बैठक सुरु भएपछि एमाले उठेर विराेध जनाएकाे थियाे ।

दलकाे नेता राधिका शाहीले राताे किताब बजेट अघि नै आएकाे बिराेध जनाइन् । त्यसपछि नाराबाजी सुरु भयाे । `बजेट निर्माणमा हामीसँग छलफल र समन्वय भएकाे छैन,´ उनले भनिन्, `राताे किताब कसरी आयाे आजै ?´ 

उनले बैठक चल्न नदिने बताएपछि स्थगित भएकाे छ । मेयर धनराज आचार्यले भने राताे किताब नभई ड्राफ्ट मात्र बनाएकाे बताए । `याे राताे किताब हैन, ड्राफ्ट हाे । छलफल पछि मात्र पास हुन्छ,´ उनले भने ।

शाहीले राताे किताब च्यातिदिएकी छिन् । अहिले सभागृह अगाडि नाराबाजी चलिरहेकेा छ ।

2.5K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *