समखबर संवाददाता


0 प्रतिक्रिया

2.1K

खराब मौसमका कारण कर्णालीको हवाई उडान प्रभावित

४ वर्ष अगाडि
सुर्खेत
समखबर संवाददाता

2.6K

मौसममा आएको खराबीका कारण कर्णालीको हवाई उडान प्रभावित भएको छ । मौसम बदलिकै कारण मंगलबार काठमाडौंबाट सुर्खेतमा हुने हवाई उडानहरू रद्द भएका छन् भने सुर्खेतबाट हुम्ला, डोल्पामा हुने हवाई उडान तीन दिनदेखि बन्द छ ।

सडक सञ्जाले नजोडिएको जिल्ला डोल्पा र हुम्लामा हवाई उडान नहुँदा यात्रुहरू समस्यामा परेका छन् । नेपालगञ्ज र सुर्खेत आउने र जानेहरू एयरपोर्टमै बस्न बाध्य भएको डोल्पाका सदरमुकाम दुनैका रामबहादुर बुढाले बताए । ‘सडक सञ्जलासँग नजोडिएको हवाइ मार्गमार्फत यात्रा गर्दै आएका थियौं ।’ उनले भने, ‘तीन दिनदेखि हवाई उडान नहुँदा सास्ती भोग्नु परेको छ ।’

मंगलबार बिहानदेखि कर्णालीमा भारी वर्षा सुरु भएका कारण काठमाडौंबाट सुर्खेत उडान भर्न लागेको बुद्ध एयर जहाज काठमाडौंमा डिले भएको छ ।

2.6K

Bad weather affected Karnali flights

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *