समखबर संवाददाता


0 प्रतिक्रिया

2.5K

मूल्यवृद्धिको विरुद्ध छ कम्युनिस्ट पार्टी सडकमा, वर्तमान सरकार बुर्जुवा पन्चायत भन्दा नालायक भएको आरोप

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

3.2K

पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुहरूमा भएको अनियन्त्रित मूल्यवृद्धि, मलको कृत्रिम अभाव लगायतको विरुद्ध सडक संघर्षरत छवटा कम्युनिस्ट पार्टीहरूले वर्तमान सरकार बुर्जुवा पन्चायत भन्दा नालायक भएको आरोप लगाएका छन् ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायत नेकपा बहुमत, नेकपा मसाल केन्द्रीय समन्वय समिति, नेपाल कम्युनिस्ट पार्टी र माओवादी कम्युनिस्ट पार्टी, नेपाल र संयुक्त क्रान्तिकारी मोर्चा, नेपाल समेत छवटा कम्युनिस्ट पार्टीहरूको संयुक्त आयोजनामा उपत्यकाको माइतीघर मण्डलमा विरोधसभा गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, महंगी र मल अभाव विरुद्ध आयोजित विरोधसभालाई नेकपा क्रान्तिकारी नेता चन्द्रहरि सुवेदी अटल सहित नेकपा मसाल केन्द्रीय समन्वय समितिका संयोजक सन्तबहादुर नेपाली, नेपाल कम्युनिस्ट पार्टीका लोकनारायण सुवेदी, संयुक्त क्रान्तिकारी मोर्चाका नारायण शर्मा लगायतले सम्बोधन गरेका थिए ।

आज देशभर असार १५ (राष्ट्रिय धान दिवस) भव्यतापूर्वक मनाईरहदा देशभरका किसान खेतीका लागि अत्यावश्यक मल नहुँदा चिन्तित रहदै आएका छन् । दैनिक उपभोग्य वस्तुहरूमा पटकपटक गरिएको मूल्यवृद्धिको मारमा जनताको दैनिक जीवन थप कष्टकर बन्दै गरिरहेको छ ।

नेपाली बजारमा गत असारदेखि हालसम्म डिजेलमा ७१ प्रतिशत, पेट्रोलमा ५४ प्रतिशत, एलपी ग्याँसमा २६ प्रतिशत, चामल पिठोमा १२८ प्रतिशत, कालो भटमास ७५ प्रतिशत, ताइचिन चामलमा ६७ प्रतिशत, काचो तोरीको तेलमा ५८ प्रतिशत, डाल्डा घिउमा ५७ प्रतिशत मूल्यवृद्धि गरि बजार मुल्य कायम गरेको छ ।

3.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *