समखबर संवाददाता
कृषिको मुख्य सिजनमा किसानलाई मल समेत दिन नसक्ने सरकार बुर्जुवा पन्चायत भन्दा नालायक भएको नेता चन्द्रहरि सुवेदी अटलले बताएका छन् ।
माइतीघर मण्डलमा आयोजित छवटा कम्युनिस्ट पार्टीको संयुक्त विरोधसभालाई सम्बोधन गर्ने क्रममा नेकपा क्रान्तिकारी माओवादीका नेताले भने ‘आज असार १५ किसानहरु खेतबारीमा ब्यस्त हुनुहुन्छ, कृषिको मुख्य सिजनमा समेत किसानले आवस्यक मल पाउन सकेका छैनन् । किसानलाई अत्यावश्यक मल समेत दिन नसक्ने सरकार बुर्जुवा पन्चायत भन्दा नालायक भयो, यसको अन्त्य अनिवार्य छ’
नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी लगायत छवटा कम्युनिस्ट पार्टीको संयुक्त आयोजना पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुहरूमा भएको अनियन्त्रित मूल्यवृद्धि, मलको कृत्रिम अभाव लगायतको विषयमा निरन्तर कार्यक्रम गर्दै आएको छ ।
समखबर संवाददाता