समखबर संवाददाता


0 प्रतिक्रिया

1.4K

उपत्यकामा एकैदिन २ हजार ४२ जना सवारी चालकमाथि कारवाही

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.7K

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४२ जना सवारी चालकलाई कारवाही गरेको छ ।

उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने २ सय ३३ जना, फुटपाथमा पार्किङ गर्ने १ सय ७ जना, तिब्र गतीमा सवारी साधन चलाउने ९५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६३ जना र लेन उल्लंघन गर्ने ५० जना रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २१ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २१ जना चालकहरूलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

1.7K

Action taken against 2,042 drivers in Kathmandu Valley on the same day

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *