समखबर संवाददाता


0 प्रतिक्रिया

1.7K

उपत्यकामा एकैदिन २४ सयभन्दा बढी सवारी चालकमाथि कारवाही

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2.2K

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४ सय ३ जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १ सय ४९ जना, लेन उल्लंघन गर्ने १ सय ४१ जना, मदिरा पिएर सवारी साधन चलाउने १ सय ३३ जना, तिब्र गतीमा सवारी साधन चलाउने ८७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८२ जना सवारी चालक रहेका छन् ।

ढोका खुल्लै राखेर सवारी चलाउने ६४ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २६ जना चालक पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

2.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *