समखबर संवाददाता
नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिले प्रकाशन गरेको स्मृति ग्रन्थमा पार्टी महासचिव मोहन वैद्य किरण, नेताहरु सिपी गजुरेल, रामसिंह श्रीस, हरिभक्त कँडेल, इन्द्रमोहन सिंग्देल लगायतका नेताहरुको संस्मरण लेखहरु प्रकाशित रहेको छ ।
“प्रस्तुत स्मृतिग्रन्थमा पार्टीका नेता तथा पिवीएम कमरेड श्रीनाथ अधिकारीको जीवनी, उनले देश जनता, क्रान्ति तथा पार्टीको निम्ति गरेका काम र योगदानहरुको अभिलेखाङ्कन गरिएको छ ।” महासचिव किरणले लेखेका छन्, ” यो स्मृतिग्रन्थ हाम्रो पार्टीका नेता, कार्यकर्ता तथा सम्पूर्ण सदस्यहरु, शुभेच्छुकहरु र देश, जनता, क्रान्ति तथा कम्युनिस्टप्रति आस्थावान् सबैका लागि विशेष पठनीय तथा संग्रहणीय रहेको छ।”
कार्यक्रममा क्रान्तिकारी माओवादीका नेताहरु सीपी गजुरेल, रामसिंह श्रीस, नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, कमरेड श्यामकी जीवनसंगिनी राधिका अधिकारी, छोराहरु नारायण अधिकारी, क्रान्तिकारी संयुक्त मोर्चा, नेपालका संयोजक नारायण शर्मा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।





















समखबर संवाददाता