समखबर संवाददाता


0 प्रतिक्रिया

2.2K

किसानमा चिन्ता: यस वर्ष उत्पादन घट्छ

४ वर्ष अगाडि
महोत्तरी
समखबर संवाददाता

2.8K

मलखाद तथा उन्नत बिउबिजन अभावले यस वर्ष महोत्तरीमा कृर्षि उत्पादन घट्ने किसानको भनाइ छ । समयमै बिउबिजन नपाएको र भने जसरी मलखाद हाल्न नपाएपछि उनीहरू बाली लगाउन बेलादेखि नै चिन्तामा परेका हुन् ।

कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार महोत्तरीमा असारको अन्तिमसम्म जम्मा ३३ प्रतिशत मात्रै रोपाइ भएको छ । धान रोपाइ त गरियो तर फल्छ कि फल्दैन बडो गार्‍हो छ । बर्दिबा-३ का किसान सुजन पौडेलले भने ।

एकातिर जलवायु परिवर्तनको प्रकोप अर्कोतिर मलखाद अभावका कारण किसानहरू कृषी पेशाबाटै बितृष्ण लागेको बताउँछन् । प्राङ्गरिक मलले मात्र उत्पादन नहुने र उत्पादनका लागि रासायनिक मलमा नै भरपर्नु पर्ने बाध्यताले पछिल्लो समय समस्या बन्दै गएको किसानहरूको गुनासो छ ।

कृषि विज्ञ भने उत्पादनमा कमी आउनु किसानको आफ्नै कारण पनि रहेको बताउँछन् । खेतबारीमा रासायनिक मल मात्र हाल्नाले केही वर्ष उत्पादन बढे पनि त्यसपछि स्वत ह्रास आउने विज्ञहरूको बुझाइ छ ।

किसानहरूले विज्ञसँग छलफल नै नगरी आफूखुसी बिउ प्रयोग गर्दा पनि उत्पादनमा ह्रास आएको वरिष्ठ कृषिविज्ञ माहादेवप्रसाद पौडेलले बताए ।

किसानहरूले प्रयोग गर्दै आएको सोना मन्सुली धानको प्रजाति सोना मन्सुली नै नभएको विज्ञहरूले बताए । सोना मन्सुली भनिएको धानलाई किसानहरूले बिस्थापन नै गर्नुपर्ने सुझाव दिँदै वरिष्ठ कृषिविज्ञ ललनकुमार सिंहले उत्पादन बढाउन बिउबिजन समेत उपयुक्त छनोट गर्नुपर्ने बताए ।

मौसमको अस्वभाविक परिवर्तन हुँदा किराहरूको प्रकोपले पनि किसानले समस्या भोग्दै आएका छन् । जसको कारण उत्पादनमा ह्रास आएको छ ।

2.8K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *