समखबर संबाददाता


0 प्रतिक्रिया

720

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कनेक्ट किसान’ को एआई प्रणालीको क्षमता परीक्षण गर्दै

११ महिना अगाडि
काठमाडौँ
समखबर संबाददाता

900

काठमाडौँ २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कनेक्ट किसान’को एआई सल्लाह प्रणालीको क्षमताको परीक्षण गर्दै ‘कफी सुकाउने तरिकाबारे बताउन सक्नुहुन्छ ?’ भनेर सोध्दा, उक्त प्रणालीले व्यावहारिक र वैज्ञानिक उत्तर दिएको छ।
बागबजारस्थित ‘आइडिया स्टुडियो’मा बुधबार आयोजित ‘नवप्रवर्तक युवाहरूसँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले सो प्रश्न राखेका थिए। कार्यक्रममा उनले ‘कनेक्ट किसानको कृषि सल्लाह प्रणालीबारे चासो राख्दै यसको उपयोगिता परीक्षण गरेका हुन्।

‘कफीका फलहरू सफा गरेर चिसो र हावा चल्ने ठाउँमा पातलो तहमा राख्नुपर्छ। ती फलहरू नियमित रूपमा पल्टाउँदै राम्ररी सुकाउनुपर्छ। यसरी गर्दा कफी राम्ररी सुक्ने र गुणस्तर राम्रो हुने गर्छ,”प्रधानमन्त्रीको सोधाइमा कनेक्ट किसानको एआईले उत्तर दिँदै भनेको थियो ।


यस सन्दर्भमा ‘कनेक्ट किसान’ले विकास गरेको एआई सल्लाह प्रणालीले कृषकहरूलाई आवाज तथा पाठ दुवै माध्यमबाट कृषि सम्बन्धी आवश्यक सुझाव दिने कनेक्ट किसानका निर्देशक राजन दाहालले बताए । उनका अनुसार प्रणालीमार्फत कृषकहरूले ह्वाट्सएपमा आफ्नो समस्या पठाउँदा एआईले नेपाली भाषामा उत्तर दिन्छ। यो प्रणाली विशेषतः ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच नभएका कृषकहरूलाई कृषि प्रविधिमा पहुँच गराउने उद्देश्यले ल्याइएको हो।


यो सल्लाह प्रणाली ‘कनेक्ट किसान’ले नेपाली एआई अनुसन्धानमा आधारित कम्पनी ‘दियो एआई’को सहयोगमा विकास गरेको हो। ‘कनेक्ट किसान’का निर्देशक दाहालका अनुसार यो एआई प्रणालीले बाली संरक्षण, मल प्रयोग, सिँचाइ, रोग नियन्त्रणदेखि लिएर बजार मूल्य सम्बन्धी सुझावहरू समेत दिन सक्छ। आवाज र पाठ दुवै प्रकारमा जानकारी आदानप्रदान गर्न सकिने भएकाले यो प्रणाली सरल र प्रभावकारी हुने उनको दाबी छ ।


‘कनेक्ट किसान’को यो प्रविधिमा एआई प्रणालीले कृषकहरूको स्थानीय सन्दर्भअनुसार सुझाव दिने गरी तालिम प्राप्त गरिएको छ। यसमा कृषकहरूका सामान्य प्रश्नहरूका साथै विशेष परिस्थितिमा चाहिने सल्लाहहरू पनि समेटिएको बताइएको छ।

900

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *