समखबर संवाददाता


0 प्रतिक्रिया

2K

भट्टराईले गरे संवैधानिक परिषद् सम्बन्धि विधेयक फिर्ता लिन माग

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2.5K

नेकपा एमालेका सचिव योगेश भट्टराइले संवैधानिक परिषद सम्बन्धि विधेयक फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

सरकारले उक्त विधेयक राष्ट्रिय सभामा पेश गरेपछि उनले यस्तो माग राखेका हुन् ।

‘संविधानको अक्षर र भावना विपरित सरकारले राष्ट्रिय सभामा पेश गरेको संवैधानिक परिषद सम्बन्धि विधेयकको विरोध गर्दछु र तत्काल फिर्ता लिन माग गर्दछु,’ भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

उनले सरकारलाई संविधान अनुकुल चल्न पनि आग्रह गरेका छन् ।

‘सत्तामा बस्नेहरुले आफ्नो अनुकुल संविधान भत्काउने होईन बरु संविधान अनुकुल चल्ने र संपिधानको रक्षा गर्ने दायित्व हुन्छ भन्ने भुल्नु हुँदैन,’ सचिव भट्टराईले भनेका छन् ।

2.5K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *